Lyrics
मनले पुग्दैन, सिरमाथि चढाउनुपर्ने रे
यसरी मरेर माया लाउँदा के पाइयो र, खै?लौ, तिमी नै राख यो कहीँ नभाको मन तिमीसँगै
ओ, किन गाउँछन् कुन्नि माया बारेमा?
आफूलाई त पिरतीले कहिल्यै फापेन
बस्दिन है म चाहिँ तिमी पर्खेर
जान्छु जुन बाटो आएँ त्यही बाटो फर्केर
के तालको मनपरी? आफैलाई महारानी रे
कुन चाहिँले गफ लाइदियो, आफूलाई खूबै ठानिछे
कि के हो, खै? तिम्रो कुरै बुझे त के भन्नु कहिले
घुमाउरो कुरामा तिमीले घुमायौ, म नि घुमेँ
त्यसरी मरेर माया लाउँदा केही पाइएन है
लौ, तिमी नै राख त्यो कहीँ नभाको मन तिमीसँगै
किन गाउँछन् कुन्नि माया बारेमा?
आफूलाई त पिरतीले कहिल्यै फापेन
बस्दिन है म चाहिँ तिमी पर्खेर
के जान्छु जुन बाटो आएँ त्यही बाटो फर्केर, hey!
महँगो रैछ माया तिम्रो, मलाई चाहिएन
चोखो माया खोजेकै थिएँ, त्यो नि पाइएन
ए कान्छी, तिम्रै पछि लागी बुझेँ यस्तो पो रैछ
तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रैछ
महँगो रैछ माया तिम्रो, मलाई चाहिएन
चोखो माया खोजेकै थिएँ, त्यो नि पाइएन
ए कान्छी, तिम्रै पछि लागी बुझेँ यस्तो पो रैछ
तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रैछ
Music Video
About
Artist Sajjan Raj Vaidya
Added 3 months ago
More from Sajjan Raj Vaidya
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 5,867 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 1,814 views
Pikiran yang Matang
Perunggu • 1,353 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,165 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,111 views