Lyrics
बोली सबै लजाउँदै, ती आँखाले जिस्काउँदा
बयान म कति गरूँ? ओइलिएलान् शब्दहरू
यी होंठले ती होंठलाई रङ्गाएर भन्छु बरु
मायालु, तिमीलाई माया गर्छु
तिमीसँगै बाँची अब, तिमीसँगै मर्छु
माया, तिमी नै भन न कहाँबाट ल्याउनु अब
उपमा म नयाँ-नयाँ तिमीलाई बुझाउन
बयान म जति गरूँ, अपुग छन् लबजहरू
यी आँखाले ती आँखामा नियालेर भन्छु बरु
मायालु, तिमीलाई माया गर्छु
तिमीबिना बाँचिसकेँ, तिमीसँगै मर्छु
सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
मेरा बोलीसरि तिमीमै
सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
मेरा बोलीसरि तिमीमै
सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
मेरा बोलीसरि तिमीमै
बोली त बोली न हो, तर कहिलेकाहीँ
त्यही बोलीमै भनिदेऊ मलाई
मायालु, तिमीलाई माया गर्छु
तिमी भेट्नै बाँचिबसेँ, तिमीसँगै मर्छु
Music Video
About
Artist Sajjan Raj Vaidya
Added 3 months ago
More from Sajjan Raj Vaidya
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 5,867 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 1,814 views
Pikiran yang Matang
Perunggu • 1,353 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,165 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,111 views