Lyrics
भन्दिनु है सोध्धै थिए
खबर यो मेरो सुनाइ देउ हैम नी यहाँ ठिकै नै छु
बाँचेको छु, हाँसेकै छु
पिउँदा कहिले उसलाई समझद छु
कतै उसलाई भेट्टायौ भने
भनिदिनु है भुलेको छुइन
त्यो बाटो त्यो हिंड्दाको सांझा
त्यो रातो कुर्ता लगाएकी
आँखाको गाजल मेटिएकि
आँशुले भिजेको त्यो अँगालो
कतै उसलाई भेट्टायौ भने
भन्दिनु है कति आए
कति गए जीवनमा ऊ पछि
तर ऊ जस्तै कोहि थिएन
ऊ जस्तै कोहि पाईन
ऊ जस्तो कोहि आएन
कतै उसलाई भेट्टायौ भने
भन्दिनु है माया त
साँचो गरेको थिए मैले
तर भाग्यनै मेरो कस्तो
नजुटेको थियो जस्तो
भनेको जस्तो कसको हुन्छ र
कतै उसलाई भेट्टायौ भने
कतै उसलाई भेट्टायौ भने
कतै उसलाई भेट्टायौ भने
भन्दिनु है मलाई बुझ्ने
ऊ नै थियो कि जस्तो लाग्छ
यति वर्ष बिति सक्यो
कत्ति बषन्त रित्ति सक्यो
अझ पनि मलाई सम्झन्छ जस्तो लाग्छ
कतै उसलाई भेट्टायौ भने
भन्दिनु है कत्ति कुरा
कत्ति अझ गर्न थ्यो बाँकी
कत्ति संगै हाँस्नु थ्यो
कत्ति संगै रुनु थ्यो
कत्ति अझै भन्नु थ्यो बाँकी
कतै उसलाई भेट्टायौ भने
भन है कस्तो
कस्तो भएछ ऊ अहिले
पहिलो जस्तै छ कि छैन
खुशी देख्छ कि छैन
हांसी रहन्थ्यो ऊ जहिले
कतै उसलाई भेट्टायौ भने
भन्दिनु है सोध्धै थिए
खबर यो मेरो सुनाइ देउ है
म नी यहाँ ठिकै नै छु
बाँचेको छु, हाँसेकै छु
छाती भरि सम्झनाहरु पुरेको छु
कतै उसलाई भेट्टायौ भने
कतै उसलाई भेट्टायौ भने
कतै उसलाई भेट्टायौ भने
कतै उसलाई भेट्टायौ भने
Music Video
About
Artist Bipul Chettri
Added 6 months ago
More from Bipul Chettri
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 6,113 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 2,098 views
Pikiran yang Matang
Perunggu • 1,589 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,439 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,298 views