Sirfula Siraima

by Nepathya

19 Views Dec 08, 2025

Lyrics

शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा
शिरफूल शिरैमा, वनफूल वनैमाहिउँको फूल धौलाशिरीमा

फागुनेको धुरी, चलिरैछ हुरी
पुपाल बोकी भेटिन्छ कि कुनै चरी
शिरैमा शिरफूल, हातैमा ऐना
मायाको पिँजरा′ट उडिजाऊँ है, मैना

पेल्माको तीरैतीर, याम्खार भिरैभिर
भेटै हौँला मैकोट शिरैशिर
पेल्माको तीरैतीर, याम्खार भिरैभिर
भेटै हौँला मैकोट शिरैशिर

शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा
शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा

मनभरि फूल, लाउने कोही छैन
नदेखेमा सन्तोक, देखे माया लाउँछ
चरी भुरुरुरुरु, निगाली गाँजे
सम्झी आएँ म त लौ "झम्के-झम्के" साँझैमा

तक्सेर झरौँला, दम्छनमा बसौँला
ढोरपाटनमा घरजम गरौँला
तक्सेर झरौँला, दम्छनमा बसौँला
ढोरपाटनमा घरजम गरौँला

शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा
शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा

शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा
शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा