Maya

by The Uglyz

28 Views Dec 09, 2025

Lyrics

माया जोखेर जोख्न सकिन्न
कसरी भनूँ कति माया गर्छु?
बुझ डुबी तिमी मेरो मायामाजति डुब्यो उति धेरै माया

माया बसाएर बसिन्न
माया निकालेर निकालिन्न
बिर्सन खोज्छु तिमीलाई जति म
याद तिम्रो आउँछ अझ अति

सधैँ सम्झिन्छु तिम्लाई सपनीमा
खोजी हिँड्ने गर्छु बिपनीमा
होइन दुई दिनको माया यो
माया हो जुनी-जुनीको

माया बसाएर बसिन्न
माया निकालेर निकालिन्न
बिर्सन खोज्छु तिमीलाई जति म
याद तिम्रो आउँछ अझ अति

सम्हालूँ कसरी म आफूलाई?
रोकूँ कसरी यी पाइलाहरूलाई?
छेकूँ कसरी म आँखालाई?
बुझाऊँ कसरी यो मेरो मनलाई?

माया बसाएर बसिन्न
माया निकालेर निकालिन्न
बिर्सन खोज्छु तिमीलाई जति म
याद तिम्रो आउँछ अझ अति

याद तिम्रो आउँछ अझ अति
याद तिम्रो आउँछ अझ अति
याद तिम्रो आउँछ अझ अति