Ko Hola Tyo

by Sunil Giri

18 Views Dec 13, 2025

Lyrics

को होला त्यो मसँग आँखा जुधाउने?
नचिने नि मसँग अलि लजाउने?
को होला त्यो मसँग आँखा जुधाउने?नचिने नि मसँग अलि लजाउने?
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा

न भुल्न सकेँ न बोल्न सकेँ
देखिन फेरि, धेरै बेर खोजेँ
न भुल्न सकेँ न बोल्न सकेँ
देखिन फेरि, धेरै बेर खोजेँ

को होला त्यो मलाई हेरिरहने?
आँखा तर्दै पाइला सारिरहने?
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा

बोलेको भए हुने थियो मैले
पछुतो लाग्छ मलाई अहिले
बोलेको भए हुने थियो मैले
पछुतो लाग्छ मलाई अहिले

को होला त्यो मैतिर फर्किरहने?
अलि तल पुगेर पर्खिरहने?
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा

को होला त्यो मसँग आँखा जुधाउने?
नचिने नि मसँग अलि लजाउने?
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा