Juni Vari Lai

by Oasis Thapa

15 Views Dec 13, 2025

Lyrics

आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो
पुरानो कहानीका पानाहरू
दस्तक दिँदै छ है तिम्रो मायालेमेरो मायाको बन्द दरबाजाहरू

भुलेर गईगयौ तिमी मलाई
तै′नि साँचिर'न्छु किन तिम्रो यादहरूलाई?
प्रश्न छन् धेरै, उत्तर तिमीमै टुङ्गिन्छ है, मायालु

तिम्रो नाम पुकारेर यो गीत कोरिरहेको छु है
मुटु टुट्नु नै पर्छ र, मायाको मुल्य थाहा पाउनुलाई?
तिम्रो मुस्कानको किरण
भुलाउन सके मैले भुली जाउँला, नसके माया गर्छु
जुनीभरिलाई, woah, माया गर्छु जुनीभरिलाई (जुनीभरिलाई)

आज चुम्दैछु यी काला बादल पनि
खोक्रो यो छातीमा बर्सोस् भनि
झुठो आश बोकी हिँडेको छु
अनिश्चित बाटोमा परवाह नगरी

भुलेर गईगयौ तिमी मलाई
त्यही साँचिर′न्छु किन तिम्रो यादहरूलाई?
प्रश्न छन् धेरै, उत्तर तिमीमै टुङ्गिन्छ है, मायालु

तिम्रो नाम पुकारेर यो गीत कोरिरहेको छु है (गीत कोरिरहेको छु)
मुटु टुट्नु नै पर्छ र, मायाको मुल्य थाहा पाउनुलाई?
तिम्रो मुस्कानको किरण (मुस्कान)
भुलाउन सके मैले भुली जाउँला
नसके, माया गर्छु जुनीभरिलाई
माया गर्छु जुनीभरिलाई, ooh
माया गर्छु जुनीभरिलाई