Album Cover Maya

Maya

The Uglyz

5

माया जोखेर जोख्न सकिन्न

कसरी भनूँ कति माया गर्छु?

बुझ डुबी तिमी मेरो मायामाजति डुब्यो उति धेरै माया

माया बसाएर बसिन्न

माया निकालेर निकालिन्न

बिर्सन खोज्छु तिमीलाई जति म

याद तिम्रो आउँछ अझ अति

सधैँ सम्झिन्छु तिम्लाई सपनीमा

खोजी हिँड्ने गर्छु बिपनीमा

होइन दुई दिनको माया यो

माया हो जुनी-जुनीको

माया बसाएर बसिन्न

माया निकालेर निकालिन्न

बिर्सन खोज्छु तिमीलाई जति म

याद तिम्रो आउँछ अझ अति

सम्हालूँ कसरी म आफूलाई?

रोकूँ कसरी यी पाइलाहरूलाई?

छेकूँ कसरी म आँखालाई?

बुझाऊँ कसरी यो मेरो मनलाई?

माया बसाएर बसिन्न

माया निकालेर निकालिन्न

बिर्सन खोज्छु तिमीलाई जति म

याद तिम्रो आउँछ अझ अति

याद तिम्रो आउँछ अझ अति

याद तिम्रो आउँछ अझ अति

याद तिम्रो आउँछ अझ अति

Lagu lain oleh The Uglyz